नियम २३
समितिको लेखापरीक्षण
(१) समितिको लेखाको लेखापरीक्षण प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र परिषद्ले नियुक्त गरेको दर्तावाल लेखापरीक्षकबाट हुनेछ ।
(२) उपनियम (१) बमोजिम लेखापरीक्षण गर्दा लेखापरीक्षकले हेर्न चाहेको श्रेस्ता कागजात तथा हिसाबकिताब समितिको अध्यक्ष समक्ष माग गर्न सक्नेछ र त्यसरी माग भएकोमा माग भए बमोजिमको श्रेस्ता कागजात तथा हिसाब किताव उपलब्ध गराउनु अध्यक्षको कर्तव्य हुनेछ ।
(३) उपनियम (१) बमोजिम लेखापरीक्षकबाट भएको लेखापरीक्षणको प्रतिवेदनको एकप्रति परिषद्समक्ष पेश गर्नु पर्नेछ ।
(४) लेखापरीक्षणको प्रतिवेदनबाट समितिको कुनै पदाधिकारीले आर्थिक दुरूपयोग गरेको पाइएमा परिषदेले सो रकम निजबाट तुरुन्त असुल उपर गर्नुपर्नेछ ।
(५) उपनियम (४) बमोजिम रकम असुल उपर हुन नसकेमा प्रचलित कानूनबमोजिम सरकारी बाँकीसरह असूलउपर गर्नुपर्नेछ र सो प्रयोजनका लागि सम्बन्धित निकायलाई परिषद्ले अनुरोध गर्नेछ ।